Date

आइत, मंसिर २३, २०८१
Sun, December 8, 2024

मेलम्चीको पाइप विच्छयाउन खनिएका अधिकांश सडक अझै कालोपत्रे गरिएन, बर्खा लागेसँगै सर्वसाधारणलाई सास्ती

मेलम्चीको पाइप विच्छयाउन खनिएका अधिकांश सडक अझै कालोपत्रे गरिएन, बर्खा लागेसँगै सर्वसाधारणलाई सास्ती

काठमाडौं, १० असार । मेलम्ची खानेपानी आयोजनाको पाइप विच्छयाए पछि त्यतीकै छाडिएको राजधानीकै व्यस्त नयाँ बानेश्वर–पुरानो बानेश्वर सडक खण्ड विगत एक बर्ष देखि अस्तव्यस्त थियो । सडकका बीचभाग लगायत छेउछाउमा भएका खाल्डा–खुल्डीले सर्वसाधारणको दैनिकीमा समेत निकै असर पारेको थियो । अझ त्यसमा पनि घाम लाग्दा धुलाम्य र पानी पर्दा हिलाम्य हुने यो सडकका कारण सो क्षेत्रका स्थानीयमात्रै होइन सडक प्रयोगकर्ताहरुले समेत निकै सास्ती व्यहोर्नु परेको थियो ।

लामो समय देखि अस्तव्यस्त रहेको नयाँ बानेश्वर–पुरानो बानेश्वर सडक अहिले भने कालोपत्रे गर्न थालिएको छ । ३० किलो मिटर सडक निर्माण अन्र्तगत रहेको नयाँ बानेश्वर–पुरानो बानेश्वर सडक, चाबहिल–गौशाला, हनुमानस्थान –बानेश्वर, माइतिघर–थापाथली, लैनचौर–महाराजगंज, रातोपुल—ज्ञानेश्वर लगायतका क्षेत्रहरु पर्दछ ।शैलुङ्ग कन्स्ट्रक्सन कम्पनीले उक्त सडक निर्माणको जिम्मा पाएको छ । ३६ करोड रुपैयाँ लगानीमा सुरु गरिएको निमार्ण कार्य मध्ये अहिले रातोपुल – ज्ञानेश्वर सडक खण्ड मात्रै पुर्ण रुपमा कालोपत्रे भएको छ भने अन्य सडक खण्डको अवस्था जस्ताको त्यस्तै छ ।

नयाँ बानेश्वर–पुरानो बानेश्वर सडक पनि बर्खा लागेपछि धमाधम कालोपत्रे गर्न थालिएको छ । मेलम्चीले खानेपानीको पाइप विच्छयाइ पाइप टेस्टिङ गरेर पुरे पछि मात्र सडक बनाउन पाएको कारण केही ढिलाइए भएको सडक विभाग प्रवक्ता मुक्ति गौतम बताउछन् । उनले भने ‘५ महिना अघि नै कालोपत्रे गर्ने भनिएको सडक मेलम्ची खानेपानी आयोजनाको कामले समयमा बन्न नसकेको हो । पाइप टेस्टिङ भन्दा अगाडी नै सडक कालोपत्रे गर्दा फेरी मेलम्ची खानेपानी आयोजनाले पाइप टेस्टिङका लागि खन्ने हुदाँ फेरी पुरानै अवस्थामा आउने भएकाले बीचमा काम शुरु नगरेका हौं ।’

मध्यबानेश्वरको रत्नराज्य लक्ष्मी स्कुल देखि पुरानो बानेश्वर सम्मको एक लाइन कालोपत्रै भइसकेको छ भने अर्को तिर कालोपत्रे गर्न बाँकी नै छ । बर्खामा पानी परेर निमार्ण कार्यमा ढिलाइ भइरहेको प्रबक्ता गौतमले बताए । पानी नपरे ३ दिन भित्र पुरै काम सक्ने उनले जानकारी दिए । अहिले पुरै बाटो नै बन्द गरी निमार्ण कार्य तिब्र गतिमा काम भइरहे पनि पानी पर्दा काम ठप्प हुने गर्छ । सोही कारण काम समयमा सम्पन्न हुन सकेको छैन ।

लामोे समय देखि पानी वितरणका लागि पाइप विच्छयाउन खनिएका सडक समयमा कालोपत्रे नगरिदा सर्वसाधारणले धेरै सास्ती खेप्नु परेको थियो । तर बर्खायाम मै भएपनि कालोपत्रे गर्न सुरु गरेकाले घुलो र हिलोबाट मुक्ति पाइने आशा लिएको मध्य बानेश्वरकी समिता बस्नेतले बताइन । उनले दिनहु उड्ने धुलोले सर्वसाधारणलाई आवत जावत गर्न अप्ठ्यारो परे पनि अब सडक बनेपछि ढुक्कले ओहोर दोहोर गर्न सकिने विश्वास व्यक्त गर्दै निर्माण कार्य छिटो सक्न आग्रह पनि गरिन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x