नेपाल बैंकको सिइओमा पाण्डे नियुक्त
काठमाडौं, ६ पौष । नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृतमा तिलकराज पाण्डे नियुक्त भएका छन ।
शुक्रबार बसेको बैंक सञ्चालक समिति बैठकले पाण्डेलाई ४ बर्षका लागि सिइओमा नियुक्त गरेको हो ।
उनी १९ जना प्रतिस्पर्धिलाई पछि पार्दै बैंकको सिइओमा नियुक्त भएका हुन् । उनी नेपाल बैंकको अवकाशप्राप्त चिफ म्यानेजर हुन । छनौट समितिले गत आइतबार राति आवेदक १९ जनामध्ये पाँच जनाको नाम सिफारिस गरेको हो ।
जसमा पाण्डेसहित अशोक कुमार पौडेल, ध्रुवचन्द्र गौतम, लक्ष्मण पौडेल र समता पन्त भट्टको नाम सिफारिसमा परेका थिए ।
कार्ययोजनासहित प्रस्तुतिकरण पछि पाण्डेलाई नियुक्त गरेको हो ।