दाेहाेराे अंकले घट्याे सेयर बजार, ७ अर्ब ११ करोडको कारोबार
काठमाडाैं, ८ पुस । गतसाता लगातार बढेकाे सेयर बजार आइतबार साताकाे पहिलाे काराेबार दिन दाेहाेराे अंकले ङटेकाे छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २१.०३ अंकले घटेर दुई हजार ८८ दशमलब ७ विन्दुमा बन्द भएको छ ।
आज १ कराेड ८५ लाख ८९ हजार ३७९ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ११ करोड १७ लाख ३३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएकामध्ये ७९ कम्पनीको शेयरमूल्य बढेको छ भने १६१ कम्पनीकोे शेयरमूल्य घटेको छ । ६ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।