प्रधानमन्त्री प्रचण्डले आज राष्ट्रका नाममा सम्बोधन गर्दै
काठमाडौं, १० पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।
आफू नेतृत्वको सरकारको कार्यकाल एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्न लागेका हुन् ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट साँझ ५ बजे प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । यसअघि प्रधानमन्त्रीको सचिवालयले दिउँसो ३ बजे संबोधन गर्ने बताएको थियो ।
प्रधानमन्त्री स्वयंले विभिन्न कारणले अपेक्षित काम गर्न नसकेको भन्दै बाँकी एक वर्षमा गति बढाउने बताएका छन् ।