Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

 भ्रमण सोचेभन्दा बढी उपलब्धिमूलक – प्रधानमन्त्री

 भ्रमण सोचेभन्दा बढी उपलब्धिमूलक – प्रधानमन्त्री

काठमाडौ, ११ असार ।  असार,प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणबाट दुई देशबीचको मित्रता,आपसी विश्वासमा वृद्धी भइ राजनीतिक सम्बन्ध थप सुदृढ बनाउन सोचे भन्दा बढी फलदायी भएको बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीले रेलमार्ग,उर्जा,यातायात,भौतिक पूर्वाधार ,लगानी पयर्टन जस्ता क्षेत्रमा भएका सम्झौताले नेपालको दीर्घकालिन आर्थिक सहयोगको  खाका तयार भएको प्रधानमन्त्री ओलीको भनाइ छ ।

स्वदेश फर्किए लगत्तै प्रधानमन्त्री ओलीका तर्फबाट जारी गरिएको प्रेस नोटमा जनाइए अनुसार दवै देशबीच हस्ताक्षर सम्पन्न भएको रेल्वे कनेक्टिभिटीको लागि सहयोग सम्बनधी समझदारी पत्र एक महत्वपूर्ण दस्तावेज भएको उल्लेख छ ।

“समृद्ध नेपाल,सुखी नेपाली”को अभियानलाई सफल बनाउन छिमेकीसँगको सहकार्य सुनिश्चित गर्ने प्रयासको सिलसिलामा आफूले मित्र राष्ट्रको भ्रमण गरेको प्रधानमन्त्री ओलीले प्रेस नोटमा उल्लेख गर्नु भएको छ । नेपालको विकास नेपालीले नै गर्ने भए पनि आर्थिक समृद्धिका लागि छिमेकीहरुसँग भएका सहमतीहरुको प्रभावकारी कार्यन्वयनमा केन्द्रित हुनु पर्नेमा प्रधानमन्त्री ओलीको जोड थियो ।

प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सि चिनफिङलाई आफूले नेपाल भ्रमणको निमन्त्रणा दिएको र उहाँले उपयूक्त समयमा नेपाल भ्रमण गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।

 

 

 

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x