Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

अक्टुबरसम्म त्रिभुवन विमानस्थल हुँदै १९ लाख ५८ हजार यात्रु विदेश उडे

अक्टुबरसम्म त्रिभुवन विमानस्थल हुँदै १९ लाख ५८ हजार यात्रु विदेश उडे

काठमाडाैं, १३ पुस । काठमाडाैंकाे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० महिनाको अवधिमा १९ लाख ५८ हजार ६८७ जना यात्रु विदेश उडेका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणकाे तथ्यांक अनुसार  जनवरीदेखि अक्टुबरसम्म त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल प्रयाेग गर्ने ३६ लाख ७९ हजार ६०५ जना मध्ये १७ लाख २० हजार ९१८ जना नेपाल भित्रिएका छन् भने १९ लाख ५८ हजार यात्रु विदेश उडेका हुन् ।

काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० महिनाको अवधिमा ७० लाख २३ हजार ९०७ जना यात्रुले यात्रा गरेका छन् । जसमा आन्तरिक टर्मिनलबाट ३३ लाख ४४ हजार ३०२ जनाले यात्रा गरेका छन्। यसमा पनि बाहिरी जिल्लाबाट १६ लाख ६८ हजार २७ जना काठमाडाैं भित्रिए भने १६ लाख ७६ हजार २७५ जना काठमाडाैंबाट बाहिरी जिल्ला गए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x