Date

बुध, असार २५, २०८२
Wed, July 9, 2025

प्रभु क्यापिटल र सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटयालिटीबीच छूट समझौता

प्रभु क्यापिटल र सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटयालिटीबीच छूट समझौता

काठमाडाैं, १८ पुस । प्रभु क्यापिटल लिमिटेडले सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटयालिटीबीच हितग्राही खाताको सेवामा छूट समझौता गरेको छ ।  सम्झौतापत्रमा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले तथा सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीको तर्फबाट कर्पोरेट सेल्स एण्ड मार्केटिङ्ग म्यानेजर नृपेश श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

सम्झौता बमोजिम सिद्धार्थ बिजनेश ग्रुप अन्र्तगतको होटेल, रेर्सोट, रेष्टुरेन्ट तथा कैफे आदिमासेवा लिदा प्रभु क्यापिटलका हितग्राही ग्राहकले खाना तथा पेर्य पदार्थमा १० प्रतिशत तथा रुम बुकिङ्गमा २० प्रतिशत छुट अफर पाउने भएका छन् ।

प्रभु क्यापिटलका ग्राहकले आफ्नो डिम्याट कन्र्फमेशनतथा परिचय पत्र देखाई देखाउनु पर्नेछ। कम्पनीले हितग्राही(डिम्याट) खाता खोल्ने सुविधा प्रभु क्यापिटल, कमलादी तथा प्रभु बैंकको जुनसुकै शाखाहरुबाट पनि उपलब्ध रहेको बताएको छ ।

सिद्धार्थ ग्रुपले नेपालको विभिन्न जिल्लाहरुमा हस्पिटयालिटी सेवाहरु दिदै आएको छ जसमा हाल १४ होटेल तथा रेर्सोट, ४ रेष्टुरेन्ट रहेको छ तथा २ कैफी गरि २० स्थानबाट सेवा दिदै आएको छ ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *