बुधबार २७.९० अंकले बढ्याे नेप्से परिसूचक, ४ अर्ब ४ करोड बराबरको काराेबार
काठमाडाैं, १८ पुस । बुधबार नेपाल स्टक एक्सचेन्ज नेप्से दाेहाेराे अंकले बढेकाे छ । पछिल्ला ६ कारोबार दिनदेखि निरन्तर घटिरहेको नेप्से परिसूचक आज २७.९० अंक बढेर २०५८.०० विन्दुमा बन्द भएको छ।
आज नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेकाे छ । अघिल्लो कारोबार दिन १ अर्ब ४ करोड ४६ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०६ स्टकको ९६ हजार २५२ पटकको कारोबारमा ४ अर्ब ४ करोड ८८ लाख रुपैयाँ बराबरको १ करोड ५ लाख कित्ता शेयर कारोबार भएको छ।
आज कारोबार भएकामध्ये २०९ कम्पनीको शेयरमूल्य बढेको छ भने ३० कम्पनीकोे शेयरमूल्य घटेको छ । ६ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । जसमध्ये ९ कम्पनीकाे उपसूचकमा सकारात्मक सर्किट लागेकाे छ ।