Date

आइत, जेष्ठ ६, २०८१
Sun, May 19, 2024

नेपाल एसबिआई बैंकका सम्पूर्ण ग्राहकलाई ओम कृष्ण अस्पताल एण्ड रिसर्च सेन्टरमा छुट

नेपाल एसबिआई बैंकका सम्पूर्ण ग्राहकलाई ओम कृष्ण अस्पताल एण्ड रिसर्च सेन्टरमा छुट

काठमाडौं, १९ पुस । नेपाल एसबिआई बैंक लिमिटडका सम्पूर्ण ग्राहकले ओम कृष्ण अस्पताल एण्ड रिसर्च सेन्टर प्राईभेट लिमिटेडमा छुट पाउने भएका छन् ।

छुट सम्बन्धी नेपाल एसबिआई बैंक र ओम कृष्ण अस्पताल एण्ड रिसर्च सेन्टर टिकापुर कैलाली बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता पत्र अनुसार बैंकका सम्पूर्ण भिसा, डेबिट कार्ड तथा मोबाईल बैकिङ्ग सेवा प्रयोगकर्ता लगायतका सम्पूर्ण ग्राहकलाई ओम कृष्ण अस्पताल एण्ड रिसर्च सेन्टरमा विभिन्न स्वास्थ्य सेवामा छुट हुनेछ ।

उक्त सम्झौतामा सूदूरपश्चिम प्रदेश प्रमुख सन्तोष कुमार भण्डारी र अस्पतालका अध्यक्ष रत्ना उपाध्याय (बजगाइं) बीच सम्पन्न भएको थियो । सम्झौता समारोहमा अस्पतालका तर्फबाट कृष्ण प्रसाद उपाध्याय (बजगाइं) तथा बैकका कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x