Date

शनि, मंसिर १५, २०८१
Sat, November 30, 2024

ग्लोबल आइएमई बैंकले ल्यायो नयाँ शाखा सञ्चालनमा

ग्लोबल आइएमई बैंकले ल्यायो नयाँ शाखा सञ्चालनमा

काठमाडौं, २४ पुस । ग्लोबल आइएमई बैंकले दुई वटा नयाँ शाखा कार्यालयहरू सञ्चालनमा ल्याएको छ । बैंकले सर्लाहीको मलंगवा नगरपालिका–८, मलंगवा र काभ्रेको धुलिखेल नगरपालिका–३, धुलिखेलमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।

यी दुई नयाँ शाखाहरूबाट सोमबारदेखि नै सम्पूर्ण बैंकिङ सेवाहरू उपलब्ध हुने बैंकले जानकारी दिएको छ ।

ग्लोबल आइएमई बैंकले देशका ७७ वटै जिल्ला तथा तीन अन्तर्राष्ट्रिय सम्पर्क/वैदेशिक प्रतिनिधि कार्यालय सहित १ हजार एक सयभन्दा बढी सेवा केन्द्रबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x