सामान्य घट्याे सुनकाे मूल्य, चाँदी स्थिर

काठमाडाैं, २६ पुस । बिहिबार पनि नेपाली बजारमा सुनकाे मूल्य घटेकाे छ । हिजो ताेलामा १०० रूपैयाँले घटेकाे सुनकाे मूल्य आज सुनको भाउ तोलामा २ सय रुपैयाँ घटेको हो ।
हिजो तोलाको एक लाख १८ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज एक लाख १८ हजार ३ सय रुपैयाँमा झरेको छ ।
यस्तै तेजावी सुन आज प्रतिताेला १ लाख १७ हजार ७५० रूपैयाँ निर्धारण भएकाे छ ।
यता चाँदीको भाउ भने आज स्थिर छ । हिजोजस्तै आज पनि चाँदीको भाउ तोलाको एक हजार ४ सय १० रुपैयाँ तोकिएको छ ।