Date

आइत, जेष्ठ ४, २०८२
Sun, May 18, 2025

विप्रेषण आप्रवाह २७.६ प्रतिशतले बढ्याे, श्रम स्वीकृति लिनेकाे संख्या बढ्दै

विप्रेषण आप्रवाह २७.६ प्रतिशतले बढ्याे, श्रम स्वीकृति लिनेकाे संख्या बढ्दै

काठमाडाैं, २७ पुस । चालु आर्थिक वर्षकाे पाँच महिनामा विप्रेषण आप्रवाह २७.६ प्रतिशतले बढेकाे छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको तथ्यांक अनुसार विप्रेषण आप्रवाह २७.६ प्रतिशतले वृद्धि भई रु.६१३ अर्ब २५ करोड पुगेको हाे ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २३ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह २४.५ प्रतिशतले वृद्धि भई ४ अर्ब ६२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.१ प्रतिशतले बढेको थियो।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १७३,५५५ र पुनः श्रम स्वीकृति लिनेको संख्या १०४,०३७ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः २३६,७७९ र ११५,९४८ रहेको थियो।

समीक्षा अवधिमा खुद ट्रान्सफर २६.३ प्रतिशतले वृद्धि भई रु.६६९ अर्ब ७४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २१.६ प्रतिशतले बढेको थियो।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *