Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

दशैंमा मेलम्चीको पानी राजधानीमा कति संभव?

दशैंमा मेलम्चीको पानी राजधानीमा कति संभव?

काठमाडौं,१२ असार । आर्थिक बर्ष २०५५/०५६ देखि शुरु भएको मेलम्ची परियोजना ०६४ सालभित्र सकाउने लक्ष्य राखिएको थियो । तर आज २० बर्ष सम्म आइपुग्दा पनि दशबर्षे उक्त लक्ष्य पुरा हुन सकेको छैन । राष्ट्रिय गौंरवका आयोजना निर्माणमा भएको ढिला सुस्तीले नेपालको विकासे आयोजनाको अवस्था सजिलै थाहा हुन्छ ।

गत बर्षको  जेठमा जसरी पनि मेलम्चीको पानी काठमाडौ ल्याइने बताइएको थियो । तर जेठमा पानि ल्याउन नसकिएपछि दशैंलाइ भाका सार्यो त्यो भाका गएको बैशाख १ गतेलाइ सारियो त्यो भाका  पनि पुरा हुन सकेन असार हुँदै अव आउने दैशै सम्मका लागि भाका सारिएको छ ।

यही बीचमा मेलम्ची खानेपानी आयोजनाको ठेकेदार कम्पनीलाई तीन महिना म्याद थप भएको छ अब उसले दसैंअगाबै मेलम्चीको पानी काठमाडौं ल्याउने प्रतिबद्धता जनाएको छ । खानेपानी तथा सरसफाइ मन्त्रालय र इटालियन ठेकेदार कम्पनी सिएमसीबीच भएको सम्झौताअनुसार आगामी दसैभित्रै खानेपानी काठमाडौं ल्याउने सहमति भएको हो। ‘मन्त्रालय र ठेकेदार कम्पनीका प्रतिनिधिबीच दसैंअगाडि नै मेलम्चीको पानी सुन्दरीजलमा खसाल्ने सहमति भएको छ, । खानेपानी मन्त्री विणा मगरले दसैंभित्र जुनसुकै हालतमा मेलम्चीको पानी भित्रायाएर छाड्ने प्रतिबद्धता व्यक्त गरिकी छन्। यस अघि उनले असारमै पानि काठमाडौ ल्याइ पुर्याउने बताउदै आएकी थिइन ।

तर कति संभव ?

मेल्चीको पानि काठमाडौ ल्याउन २७ किलोमिटर सुरुङमध्ये ६.३ किलोमिटर सुरुङको इन्भर्ट लाइनिङ निर्माण कार्य सम्पन्न भइसकेको छ। अझै २१ किलोमिटर टनेलको फिनिसिङ्ग काम बाकि नै छ ।  यसका लागि पानि न्युनतम ५ महिना लाग्ने देखिन्छ ।  यसका साथै  हेडबक्स निर्माणको काम अझै अघि बढ्न सकेको छैन् ।  टनेलसम्म पानी ल्याउन १०.४९ हेक्टर क्षेत्रफलमा यो हेड बक्स निर्माण गर्नु पर्ने हुन्छ यसको जम्मा पाँच प्रतिशत मात्र काम सकिएको छ भने ९५ प्रतिशत काम बाकि नै छ । तर यो हेड बक्स निर्माण कम्तिमा पानी पनि ४,५ महिना लाग्ने भएकाले यी सवे पक्षलाइ हेर्दा सरकारले भने जस्तै दशैंमा पनि मेलम्चीको पानि काठमाडौ ल्याउन सहज छैन । त्यसले पनि मेलम्ची पानि ल्याउन त्यती सहज छैन । सरकारले भने जस्तो दशैमा मेल्मची पानि काठमाडौ ल्याउन त्यती सहज छैन तर मेलम्ची खानेपानीका नाममा राजधानीवासीले धुलो अझै खानु पर्ने देखिन्छ वितरण गन बिछ्याइरहेको पाइपलाइनको काम अहिलेसम्म पुरा भए पनि अधिकांश ठाउको परिक्षण भने बाकि नै छ ।

 

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x