Date

बिहि, कार्तिक १५, २०८१
Thu, October 31, 2024

गरिमा विकास बैंकको १० प्रतिशत लाभांश पारित

गरिमा विकास बैंकको १० प्रतिशत लाभांश पारित

काठमाडौं, १ माघ । गरिमा विकास बैंक लिमिटेडको सत्रौं वार्षिक साधारण सभाले १० प्रतिशत लाभांश दिन प्रताव पारित गरेको छ । आइतबार कास्की जिल्लाको पोखरा महानगरपालिका स्थित होटल पोखरा ग्राण्डमा सम्पन्न सभाले शेयरधनीहरूलाई ९.५० प्रतिशत बोनश शेयर र कर प्रयोजनार्थ ०.५० प्रतिशत नगद लाभांश गरी जम्मा १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

साधारणसभाले विकास बैंकको अधिकृत पुँजी वृद्धि गरी पाँच अर्ब ७० करोड बनाउने आर्थिक २०८०/८१ को लागि लेखापरीक्षक नियुक्ति गर्ने लगायतका प्रस्तावहरू पारित गरेको छ ।

विकास बैंकका हाल देशभर १२३ शाखा कार्यालय र ५१ वटा एटीएम सञ्चालनमा रहेका छन् । साथै बैंकले हालसम्म करिब ८० अर्ब रुपैयाँ निक्षेप संकलन गरी करिब ६९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x