Date

सोम, पुस २९, २०८१
Mon, January 13, 2025

६ महिनामै सरकारी कोष आधा खर्बले घाटामा, सरकारलाई खर्च ब्यवस्थापन गर्न सकस

६ महिनामै सरकारी कोष आधा खर्बले घाटामा, सरकारलाई खर्च ब्यवस्थापन गर्न सकस

काठमाडौं, २ माघ । चालु आर्थिक वर्षको ६ महिनामै सरकारलाई राजस्व संकलनमा नराम्रो धक्का लागेको छ । आधा समय सकिंदा सरकारले जम्मा ५ खर्ब १८ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ ।

जवकी पुस मसान्तसम्म कुल ६ खर्ब ६८ अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य राखिएको थियो । सरकारले चालु आर्थिक वर्षमा १४ खर्ब २२ अर्ब ५४ करोड १७ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको छ ।

यस्तै पुस मसान्तसम्म ५ खर्ब ६६ अर्ब रुपैयाँ हाराहारीमा खर्च गरेको हो। पुँजीगत खर्चको ४९ अर्व मात्र गरेको छ । आम्दानी कम खर्छ बढि हुँदा सरकारी वित्त ४८ अर्वले घाटामा छ । जसकारण सरकारलाई खर्च ब्यवस्थापन गर्न चुनौती थपिएको छ । आगामी दिनमा राजस्व संकलन नबढ्ने हो भने वित्त कोषको घाटा थप बढ्दै जानेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x