Date

आइत, जेष्ठ ६, २०८१
Sun, May 19, 2024

पुसमा  घरजग्गाको कारोबार ६  महिनायताकै उच्च, कुन महिना कति भयो कारोबार ?

पुसमा  घरजग्गाको कारोबार ६  महिनायताकै उच्च, कुन महिना कति भयो कारोबार ?

काठमाडौं, ३ माघ । सरकारले नीतिगत रुपमा सहज बनाए पनि घरजग्गा कारोबारमा त्यसको खासै असर देखिएको छैन । घरजग्गा कारोबार उच्च हुने पुसमा निराशाजनक कारोबार भएको व्यवसायी बताउँछन् ।

तर सरकारले भने कारोबारमा सुधार आउन थालेको दाबी गर्दै आएको छ  । भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार पुसमा ४५ हजार २७१ वटा जग्गाको कारोबार भएको छ । जुन गत मंसिरको तुलनामा बढेको देखिएको छ, जुन ६ महिनाकै उच्च कारोबार हो । तर, यो कारोबार दुई वर्षअघिको पुस महिनाको तुलनामा भने ३५ प्रतिशत कम हो ।

घरजग्ग्गा कारोबार बढाउन सरकारले गत वैशाखमा जग्गाको कित्ताकाट खोलेको थियो भने राष्ट्र बैंकले गत मंसिरमा घरजग्गा कर्जाको जोखिम भार घटाएको थियो । तर, यी नीतिगत पहलको असर बजारमा देखिन सकेको नेपाल जग्गा तथा आवास ब्यवसायी महासंघका अध्यक्ष भेषराज लोहनी बताउँछन् ।

चालू आर्थिक बर्षको छ महिनामा कति भयो जग्गा कारोबार ?

साउन : ३९ हजार २६४
भदौ : ३५ हजार ६८६
असोज : ३९ हजार ८८१
कार्तिक : २६ हजार ४६
मङ्सिर : ४८ हजार ८५१
पुस :४५ हजार २७१

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x