नेप्से ७.२४ अंकले घट्दा ८ अर्ब १७ करोडको कारोबार
काठमाडौं, ४ माघ । साताको अन्तिम कारोबार (बिहीवार) दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको गिरावट आएको छ । बुधबार १२ दशमलव १० अंकले घटेको नेप्से बिहीवार ७ दशमलव २४ अंकले घटेर २ हजार १५५ दशमलव ८२ विन्दूमा बन्द भएको हो ।
बिहीवार २१ करोड १२ लाख कित्ता शेयर ८ अर्ब १७ करोड ४९ लाख रुपैयाँमा खरिद विक्री भएको छ । कारोबारमा आएका कम्पनीहरुमध्ये ११२ कम्पनीको शेयरमूल्य बढेको छ भने १३३ कम्पनीकोे शेयरमूल्य घटेको छ । २ वटा कम्पनीको शेयरमूल्य भने स्थिर रहेको छ ।
नेप्सेका अनुसार ४ कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने १ वटा कम्पनीको शेयरमूल्य ९ प्रतिशतले वृद्धि भएको छ ।
बिहीवार सर्वाधिक कारोबार हुनेमा हिमालयन रिइन्स्योरेन्स लिमिटेड रहेको छ । उक्त कम्पनीको १ अर्ब ८४ करोड ४२ लाख रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको हो ।