Date

सोम, बैशाख ८, २०८२
Mon, April 21, 2025

नबिल बैंककाे नाफा ६.३८ प्रतिशतले घटेर ३ अर्ब २० करोडमा खुम्चियाे

नबिल बैंककाे नाफा ६.३८ प्रतिशतले घटेर ३ अर्ब २० करोडमा खुम्चियाे

काठमाडाैं, ७ माघ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नबिल बैंककाे नाफा ६.३८ प्रतिशतले घटेकाे छ । बैंकले सार्वजनिक गरेकाे दोस्रो त्रैमासको वित्तीय अवस्था अनुसार बैंकको नाफा ६.३८ प्रतिशतले घटेर ३ अर्ब २० करोड खुम्चिएको हाे।

गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ४१ करोड ७६ लाख ९८ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो।

त्यसैगरी बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ८ करोड ७८ लाख ७६ हजार रुपैयाँ छ भने यो अवधिमा बैंकको खुद ब्याज आम्दानी ५.२४ प्रतिशतले बढेर ८ अर्ब २४ करोड ३३ लाख ४४ हजार रुपैयाँ पुगेको छ।

पुस मसान्तसम्म बैंकको सञ्चालन मुनाफा भने ६.१८ प्रतिशतले घटेर ४ अर्ब ५६ करोड ११ लाख रुपैयाँ छ।

यस्तै बैंकले  ४ खर्ब २८ अर्ब ८३ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने ३ खर्ब ६२ अर्ब ८७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x