साताको पहिलो दिन २५ दशमलव ६३ अंकले घट्यो नेप्से परिसूचक
काठमाडौं, ७ माघ । साताको पहिलो कारोबार दिन (आइतबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ ।
साताको अन्तिम कारोबार दिन ७ दशमलव २४ अंकले घटेको बजार आइतबार पनि २५ दशमलव ६३ अंकले घटेर २ हजार १३० विन्दूमा बन्द भएको हो ।
आइतबार २ करोड २८ लाख कित्ता शेयर ७ अर्ब ६७ करोड ७७ लाख रुपैयाँमा खरिद विक्री भएको छ । कारोबारमा आएका कम्पनीहरुमध्ये ६४ कम्पनीको शेयरमूल्य बढेको छ भने १७७ कम्पनीकोे शेयरमूल्य घटेको छ । ६ वटा कम्पनीको शेयरमूल्य भने स्थिर रहेको छ ।
नेप्सेका अनुसार ४ कम्पनीको शेयरमूल्य ९ प्रतिशतले बढेको छ ।
आइतबार सर्वाधिक कारोबार हुनेमा हिमालयन रिइन्स्योरेन्स लिमिटेड रहेको छ । उक्त कम्पनीको ५ अर्ब ६७ करोड ९१ लाख रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको हो ।