Date

बुध, मंसिर १२, २०८१
Wed, November 27, 2024

६ महिनामा नेपाल भित्रिए ५ हजारभन्दा धेरै विद्युतीय गाडी

६ महिनामा नेपाल भित्रिए ५ हजारभन्दा धेरै विद्युतीय गाडी

काठमाडौं, ७ माघ । चालू आर्थिक वर्षको ६ महिनाको अवधिमा नेपालमा विद्युतीय गाडीको आयात बढेको छ ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि पुससम्मको ६ महिनामा १२ अर्ब ७३ करोड रुपैयाँका ५ हजार १०० वटा विद्युतीय गाडी आयात भएका हुन् ।

यो गत आवको तुलनामा झन्डै ३ गुणाले धेरै हो । गत आवको सोही अवधिमा सोही अवधिमा ४ अर्ब ५२ करोड रुपैयाँका १ हजार ७४९ थान विद्युतीय गाडी आयात भएका थिए ।

पुस महिनामा मात्रै १ हजार ७२१ विद्युतीय कार, जीप र भ्यान आयात भएको विभागले जनाएको छ ।

विद्युतीय गाडी सबैभन्दा धेरै चीनबाट आयात हुने गरेका छन् । चीनबाट बीवाईडी, एमजी, ग्रेटवाल लगायत ब्रान्डका ३ हजार १२५ वटा विद्युतीय गाडी भित्रिएका छन् । यस्तै भारतबाट टाटा, सिट्रोन, हुन्डाई लगायत ब्रान्डका १ हजार ९२२ वटा विद्युतीय गाडी आयात भएको विभागले जनाएको छ ।

यस्तै कोरिया, जर्मनी, इन्डोनेसिया, अमेरिका लगायतका देशबाट पनि गाडी आयात भएका छन् । गएको आर्थिक वर्षभरि जम्मा ४ हजार ५० वटा विद्युतीय गाडीको आयात भएकोमा अहिले ६ महिनामै ५ हजार १०० वटा गाडी आयात भएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x