Shangrila

माथिल्लो तामाकोशीको आयोजना प्रभावितलाई असार २४ देखि सेयर निष्कासन

काठमाडौं, १३ असार । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले प्रभावित स्थानीय बासिन्दाका लागि असार २४ गतेदेखि सेयर निष्कासन गर्ने भएको छ । पहिलो चरणमा दोलखास्थित आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि असार २४ देखि साउन ९ गतेसम्म धितोपत्र निष्कासन खुला हुने जानकारी दिइएको छ ।

उक्त सेयर निष्कासक तथा बिक्री प्रबन्धकमा नागरिक लगानी कोष रहेको छ । कम्पनीले १०० अंकित दरका २ करोड ६४ लाख ७५ हजार कित्ता सेयरमध्ये १ करोड ५ लाख ९० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि र १ करोड ५८ लाख ५० हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्ने छ । न्यूनतम् ३० कित्तादेखि बढीमा ३०० कित्तासम्मका लागि आवेदन दिनसक्ने छन् ।

 

Laxmi Bank

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *