Date

आइत, बैशाख १६, २०८१
Sun, April 28, 2024

नेपालमा ४३ प्रतिशत आर्थिक क्रियाकलाप अनौपचारिक, कुन क्षेत्रको हिस्सा कति ?

नेपालमा ४३ प्रतिशत आर्थिक क्रियाकलाप अनौपचारिक, कुन क्षेत्रको हिस्सा कति ?

काठमाडौं, १२ माघ । नेपालको अर्थतन्त्रमा अनौपचारिक क्षेत्रको हिस्सा बढ्दै गएको एक अध्ययनले देखाएको छ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय अर्थशास्त्र विभागले गरेको अध्ययनले नेपालको कुल गार्हस्थ उत्पादनमा अनौपचारिक अर्थतन्त्रको हिस्सा करिब ४३ प्रतिशत पुगेको देखाएको हो ।


विभागले राष्ट्रिय लेखा र मुद्रा माग दृष्टिकोणमा गरेको अध्ययनले नेपालको अनौपचारिक अर्थतन्त्रको आकार पछिल्लो १९ वर्षमा औसत ४२.६६ प्रतिशत रहेको देखाएको छ । जबकि विश्वको अनौपचारिक अर्थतन्त्रको आकार ३३ प्रतिशत मात्र छ ।

१० वर्षको औसत अनौपचारिक अर्थतन्त्र ४२.६६ प्रतिशत देखिएको हो । अनौपचारिक अर्थतन्त्रको सबैभन्दा ठूलो हिस्सा रियल स्टेटमा ९९.९७ प्रतिशत छ । त्यस्तै कृषि, वन र मत्स्यपालनमा ९७.४८ प्रतिशत, बसाइ र खानामा ५०.४२ प्रतिशत छ । अनौपचारिक क्षेत्रमा ६२.२ प्रतिशत जनशक्ति कार्यरत छ । यो क्षेत्रमा ८४.६ प्रतिशत रोजगारी छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x