नाडा र एसियाली विकास बैंकका पदाधीकारीबीच छलफल

काठमाडौं, १५ माघ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका पदाधिकारी र एसियाली विकास बैंकका पदाधीकारीबीच छलफल भएको छ ।
नेपालमा विद्युतीय सवारीसाधनको प्रवर्धनका लागि विषयमा नाडाका अध्यक्ष करण चौधरीको सक्रियतामा छलफल भएको हो ।
छलफलमा नेपालमा अटोमोबाइल बजारको सम्भाव्यता, विद्युतीय सवारीसाधनको व्यवसायमा देखिएका चुनौती र त्यसका विषयमा पाठयक्रम बनाई कसरी अगाडि बढ्ने भन्ने विषयमा अर्को पटक छलफल गर्ने तय भएको जनाइएको छ । उक्त प्रोजेक्टका तर्फबाट डा. सुमित पोखरेल, चन्दन सापकोटा रूपक शर्मा तथा कृष्ण पाठकको उपस्थिति रहेको उल्लेख छ ।
त्यस्तै, नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उप्रेती , सचिव विक्रम सिंहानिया र सहकोषाध्यक्ष पंकज अग्रवालको उपस्थिति रहेको नाडाले जनाएको छ ।