आईपीओ निष्कासनको तयारीमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स

काठमाडौं, १५ माघ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्तावसहित फागुन ६ गते साधारण सभा बोलाएको हो । सभा होटल एअरपोर्ट, विराटनगर, काठमाडौंमा दिनको १ बजे शुरु हुनेछ ।
आईपीओ जारीपश्चात् प्राप्त पूँजीको उपयोग गर्ने र आईपीओ निष्कासनका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।
यसगरी सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ भने सञ्चालक समितिको निर्वाचन, स्वतन्त्र विज्ञ सञ्चालकको नियुक्त र सञ्चालकहरूको बैठक भत्ता तथा अन्य सेवा सुविधाका सम्बन्धमा पनि आवश्यक निर्णय गर्नेछ ।