Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

डलरसँग नेपाली रुपैँया थप कमजोर, आजको सटहीदर ११०.०८ रुपैँया

डलरसँग नेपाली रुपैँया थप कमजोर, आजको सटहीदर ११०.०८ रुपैँया

काठमाडौ, १४ असार । अमेरिकी डलरको तुलनामा नेपाली रुपैँया थप कमजोर भएको छ । आज (बिहीबार डलरको तुलनामा नेपाली मुद्रा १९ महिनायताकै कमजोर देखिएको छ । नेपाल राष्ट्र बैंकले आजको लागि सटहीदर ११० रुपैँया ८ पैसा तोकेको छ । यसअघि २०७३ मंसीर १० मा नेपाली रुपैँया अहिलेसम्मकै कमजोर भई डलरसँगको सटहीदर ११० रुपैयाँ २८ पैसा पुगेको थियो । भारतीय रुपैँयासँग स्थिर विनिमय रहेको नेपाली रुपैँया भारतीय मुद्रा कमजोर हुँदा स्वतः कमजोर हुनपुग्छ । कच्चा तेलको मूल्यमा वृद्धि तथा भारतमा आयात वृद्धि भई चालु खाता घाटा तथा आयातको भुक्तानीका लागि डलरको माग उच्च हुँदा भारतीय रुपैँया थप कमजोर भएको हो ।
डलरको तुलनामा भारतीय रुपैँया आउँदो दिनमा अझै कमजोर हुनसक्ने विश्लेषण गरिएको छ । भारतमा आज एक डलर सटहीको दर ६७ रुपैँया ५७ पैसा तोकिएको छ । यद्यपि यो क्रम जारी रही प्रतिडलर ७० रुपैँया विनिमयदर कायम हुने अनुमान गरिएको छ । भारतीय रुपैँयासँग स्थिर विनिमय दर रहेको नेपाली मुद्रा वैशाख यता ५ दशमलव २५ प्रतिशतले अवमूल्यन भैसकेको छ ।
आयातमा आधारित नेपाली अर्थतन्त्रका लागि डलर मजबुत हुँदा आयात महँगो हुन्छ । पहिले नै उच्च चालु खाता घाटा र शोधनान्तर स्थिति पनि कमजोर रहेको स्थितिमा डलर मजबुत हुनु नेपाली अर्थतन्त्रका लागि पक्कै पनि सुखद होइन । विदेशी ऋणको साँवा ब्याज भुक्तानीमा बढी खर्च गर्नुपर्ने हुन्छ । त्यस्तै, नेपाल विद्युत प्राधिकरणको डलरमा आधारित विद्युत् खरिद सम्झौताका केही आयोजनाहरुमा बढी खर्च गर्नुपर्ने हुन्छ । हवाई टिकटहरु महँगो हुने तथा विदेशमा अध्ययन गर्न जानेहरुका लागि बढी खर्च गर्नुपर्ने हुन्छ ।
त्यस्तै, यस समय निर्यात बढाउन सके नेपालले बढी आम्दानी गर्न सक्छ । रेमिट्यान्स बढी भित्रन्छ किनकी रेमिट्यान्सग्राहीले पहिलेको तुलनामा बढी सटहीदर पाउँछन् । नेपाल डलरमा खर्च गर्ने पर्यटकका लागि सस्तो गन्तव्य हुन्छ किनकी डलरको खरिद क्षमता वृद्धि भएको छ । त्यसकारण नेपालले बढी पर्यटक भित्र्याई बढी विदेशी मुद्रा आर्जन गर्नेतर्फ सोच्नुपर्ने अर्थशास्त्रीहरु बताउँछन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x