Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

सार्क गभर्नरहरुको भेला काठमाडौंमा

सार्क गभर्नरहरुको भेला काठमाडौंमा

काठमाडौं, १४ असार । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) देशका गभर्नर तथा डेपुटी गभर्नरहरुको बैठक काठमाडौंमा शुरु भएको छ । सार्क फाइनान्सको सहयोगमा नेपाल राष्ट्र बैंकले आयोजना गरेको सार्क गभर्नरहरुको दुई दिने बैठकको बुधबार अपराह्न अर्थमन्त्री डा. युवराज खतिवडाले उद्घाटन गरेका छन् । सार्क देशका गभर्नर तथा डेपुटी गभर्नरहरु सहभागी उक्त बैठक आज समापन भएपछि शुक्रबार एसियन क्लीयरिङ युनियनको बैठक हुनेछ । एसियन क्लीयरिङ युनियनमा सार्क बाहेकका इरान र म्यानमार पनि सदस्य रहेका छन् ।
नेपाल राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक भीष्मराज ढुंगानाले सार्क देशहरुमा वित्तिय स्थायित्व, वित्तिय प्रणाली मजबुत गर्नका लागि सहयोग, समन्वयका सम्बन्धमा बैठकका क्रममा छलफल भइरहेको छ । त्यस्तै सार्क देशहरुबीच भुक्तानीका लागि साझा डिजिटल प्रणाली विकास गर्ने सम्बन्धमा बैठकले छलफल गर्नेछ । यस्तो बैठक हरेक वर्ष सदस्य राष्ट्रहरुमा आलोपालो हुँदै आइरहेको छ । यसअघि सार्क गभर्नरहरुको बैठक श्रीलंकामा भएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x