नेप्से १४ दशमलव ८८ अंकले बढ्दा ५ अर्ब ५४ करोडको कारोबार
काठमाडौं, १६ माघ । साताको तेस्रो कारोबार दिन (मंगलबार) पनि नेपाल स्टक एक्सेञ्ज (नेप्से) परिसूचक र कारोबार दुबै बढेको छ । सोमबार १० दशमलव २६ अंकले बढेको बजार मंगलबार १४ दशमलव ८८ अंकले बढेर २ हजार ११९ बिन्दूमा बन्द भएको हो ।
मंगलबार नेप्से परिसूचक सँगै कारोबार रकममा पनि वृद्धि आएको छ । मंगलबार १ करोड ५१ लाख ७८ हजार कित्ता शेयर ५ अर्ब ५४ करोड ४२ लाख रुपैयाँमा खरिद विक्री भएको छ ।
कारोबारमा आएका कम्पनीहरुमध्ये १५२ कम्पनीको शेयर बढेको छ भने ८५ कम्पनीको घटेको छ । बाँकी रहेका १० कम्पनीको शेयर भने स्थिर छ ।
मंगलबार ३ कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । कारोबार रकमको आधारमा सबैभन्दा धेरै हिमालयन रि–इन्स्योरेन्सको कारोबार भएको छ । कम्पनीको ७५ करोड २७ लाख रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको हो ।