Date

आइत, जेष्ठ ६, २०८१
Sun, May 19, 2024

नेपाल पुनर्बीमा कम्पनीको २० लाख कित्ता शेयर बेच्दै हिमालयन एभरेष्ट इन्स्योरेन्स

नेपाल पुनर्बीमा कम्पनीको २० लाख कित्ता शेयर बेच्दै हिमालयन एभरेष्ट इन्स्योरेन्स

काठमाडौं, १६ माघ । हिमालयन एभरेष्ट ईन्स्योरेन्स कम्पनीले नेपाल पुनर्बीमा कम्पनीमा आफ्नो स्वामित्वमा रहेको संस्थागत शेयर बिक्री गर्ने भएको छ । कम्पनीले आफ्नो स्वामित्वको २० लाख कित्ता शेयर बिक्री गर्ने भएको हो ।

यस अघि गत मसिंर २६ गते कम्पनीले उक्त शेयर प्रतिकित्ता न्यूनतम मूल्य ३०० रुपैयाँका दरले बिक्रीका लागि सूचना निकालेको थियो भने आज माघ १६ गते सोहि शेयर बिक्रीका लागि न्यूनतम मूल्य २८० तोकेको छ ।

कम्पनीका अनुसार न्यूनतम १ लाख देखि बढीमा २० लाख कित्ता खरिद गर्न सकिने छ । जसकालागि यो सूचना सार्वजनिक भएको १५ दिन अर्थात माघ फागुन २ गतेसम्म कम्पनीको केन्द्रिय कार्यलयमा निवेदन दिन सकिने कम्पनीको भनाई छ ।

रितपूर्वक प्राप्त निवेदनहरु मध्येवाट शेयर बाँडफाँडको लागि पहिलो प्राथमिकता विद्यमान संस्थापक शेयरधनीलाई दिईने र तत्पश्चात् बाँडफाँड हुन बाँकी शेयर अन्य आवेदनकर्तालाई बाँडफाँड गर्ने कम्पनीले जनाएको छ ।

आवेदन दिनका लागि नेपाली नागरीकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि, कालोसूचीमा नभएको प्रमाणपत्र, गत आर्थिक वर्ष सम्मको करचुक्ता प्रमाणपत्रको प्रतिलिपि, आयश्रोत खुल्ने कागजात र पूर्ण रुपमा भरेको नेपाल वीमा प्राधिकरणवाट तोकिएको विवरण फाराम (अनुसूची) आवश्यक हुने कम्पनीले जनाएको छ ।

संस्थाको हकमा भने प्रवन्धपत्र, नियमावली, प्यान दर्ता, कम्पनी दर्ता र वित्तीय विवरण पेश गर्नुपर्ने कम्पनीको भनाई छ ।

Gita Budhathoki

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x