Date

आइत, जेष्ठ ६, २०८१
Sun, May 19, 2024

बैंकमा थुप्रियो ६ खर्ब, ११.५ प्रतिशत कर्जा बिस्तारको मौद्रिक लक्ष्य पूरा नहुने संकेत

बैंकमा थुप्रियो ६ खर्ब, ११.५ प्रतिशत कर्जा बिस्तारको मौद्रिक लक्ष्य पूरा नहुने संकेत

काठमाडौं, १७ माघ । उद्योगी, व्यवसायीले ऋण नलिएपछि अहिले बैंक तथा बित्तिय संस्थामा ६ खर्ब रुपैयाँ थुप्रिएको छ । त्यसमध्ये ८० अर्ब रुपैयाँ त नेपाल राष्ट्र बैंकले ब्याज दिएरै बैंकहरुबाट खिचेर राखेको छ ।

करिब २० अर्ब रुपैयाँ बैंकहरुले बिना ब्याज राष्ट्र बैंकमा थुपारेर राखेका छन् । बैंकहरुले ब्याजदर घटाएर ऋण विस्तार खोजेका छन् । तर व्यवसायी कर्जा लिएर लगानी गर्न भन्दा पुरानै ऋण चुक्ता गर्ने ध्याउन्नमा छन् । अर्थतन्त्र नसुधि्रएको, बजारमा माग नबढेकाले अहिले कर्जा लिएर उत्पादन बढाउने सोचमा कोहि पनि नरहेको नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेश अग्रवाल बताउँछन् ।

गत असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले ४९ खर्ब बराबरको कर्जा लगानी गरेका थिए । राष्ट्र बैंकले यो वर्ष ११ दशमलव ५ प्रतिशत वृद्धि गर्ने लक्ष्य राखेको छ ।  आगामी असारसम्म थप पाँच खर्ब ६४ अर्ब रुपैयाँबराबरको कर्जा बजारमा पठाउनुपर्नेछ । तर अहिलेसम्मको कर्जा प्रवाह हेर्दा कसिलो मौद्रिक नीतिले राखेको यही लक्ष्य पनि पूरा हुन चुनौतीपूर्ण देखिन्छ ।

राष्ट्र बैंकले बैंकहरुबीच हुने कारोबारको ब्याजदर ३ प्रतिशतभन्दा तल जान नदिने लक्ष्य राखेको छ । तर अहिले नै यस्तो कारोबारको ब्याजदर २.८७ प्रतिशतमा झरिसकेको छ । बचत तथा ऋणको ब्याजदर धेरै तल नजाओस् भनेर राष्ट्र बैंकले मंसिर यता बैंकहरुबाट ४ खर्ब तानेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x