Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

माछापुच्छ्रे बैंकद्वारा विद्यार्थीहरुलाई स्वीटर वितरण

माछापुच्छ्रे बैंकद्वारा विद्यार्थीहरुलाई स्वीटर वितरण

काठमाडौं, १७ माघ । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न प्रदेशमा रहेका सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ ।

बैंकले बढ्दै गईरहेका जाडो मौसमलाइृ मध्यनजर गरेर आर्थिक अवस्था कमजोर रहेका कोशी प्रदेशको उदयपुर जिल्ला स्थित श्री आधारभुत विद्यालय सिवाई बेल्हा त्यस्तै श्री माध्यमिक विद्यालय कालिखोलाका विद्यार्थहरुलाई विद्यालय पोशाक अनुसारको रङ्गको स्वीटरहरु वितरण गरेको हो ।

यसैगरी बैंकले मधेश प्रदेशको सिरहा जिल्ला स्थित श्री जनता आधारभुत विद्यालय मिर्चैयामा अध्ययनरत विद्यार्थीहरुलाई पनि जाडोको न्यानो स्वीटर हस्तान्तरण गरेको छ । बैंकले विद्यालयहरुसंगको समन्यवमा ती विद्यालयहरुमा अध्यनरत विपन्न, गरिब तथा जेहेन्दार बालबालिकाको स्वास्थ्यलाई मध्यनजर गर्दै जम्मा ३१० थान स्वीटर वितरण गरेको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x