वैदेशिक रोजगारीमा रहेका ५ हजार ३४० जनाले पाए सर्वोत्तम सिमेन्टको आइपिओ

काठमाडौं, १७ माघ। वैदेशिक रोजगारमा रहेकाहरुका लागि निष्काशन गरेको सर्वोत्तम सिमेन्टकाे आईपीओ बाँडफाँड भएकाे छ । आइपीओ बिक्री प्रवन्धक ग्लोबल आईएमई क्यापिटलले बुधबार बुक बिल्डिङ विधिबाट जारी गरेको आइपिओमा गोलाप्रथामार्फत ५ हजार ३४० जनाले ५० कित्ताका दरले सेयर पाएका हुन्।
आइपिओमा वैदेशिक रोजगारीमा रहेका ३३ हजार ८२४ जनाले आवेदन दिएकामा ३३ हजार ८१० जनाको आवेदन योग्य ठहरिएको थियो।योग्य आवेदकमध्ये गोलाप्रथामार्फत ५ हजार ३४० जनाले सेयर पाएका हुन्।
कम्पनीले वैदेशिक रोजगारीमा रहेकालाई प्रतिकित्ता ३६०।९० रुपैयाँका दरले २ लाख ६७ हजार कित्ता सेयर निष्कासन गरेको थियो।