एक वर्षभित्र पुनर्बीमा कम्पनीले चुक्ता पुँजी २० अर्ब पुर्याउनु पर्ने
काठमाडाैं, १७ माघ । नेपाल बीमा प्राधिकरणले आगामी एक वर्षभित्र पुनर्बीमा कम्पनीहरूले चुक्ता पुँजी २० अर्ब रूपैयाँ पुर्याउनु पर्ने निर्णय गरेको छ । प्राधिकरणको सञ्चालक समितिको मंगलबार बसेको बैठकले यस्ताे निर्णय गरेकाे हाे ।
हाल पुनर्बीमा कम्पनीहरूको चुक्ता पुँजी न्यूनतम १० अर्ब रूपैयाँ हुनुपर्ने व्यवस्था छ। प्राधिकरणले आगामी १५ दिनभित्र यस्तो चुक्ता पुँजी वृद्धिको योजना समेत बुझाउन निर्देशन दिएको छ।