युनाइटेड मोदी हाइड्रोपावरले हकप्रद शेयर निष्कासन गर्ने
काठमाडौं, २४ माघ । विद्युत नियमन आयोगले युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडलाई हकप्रद शेयर निष्कासन गर्न स्वीकृति दिएको छ ।
आयोगले १ः१ अनुपातमा हकप्रद शेयर बिक्री गर्न युनाइटेडलाई स्वीकृति दिएको हो । अब हकप्रद सम्बन्धी प्रस्ताव यस हाइड्रोपावरको आगामी साधारण सभामा पेश हुनेछ । उक्त सभा र नेपाल धितोपत्र बोर्डले पनि अनुमति दिएपछि हाइड्रोपावरले हकप्रद शेयर निष्कासन तथा बिक्री खुला गर्नेछ ।