Date

आइत, पुस २८, २०८१
Sun, January 12, 2025

काठमाडाैंकाे नक्शालमा खुल्याे एक्स कस्मोपोलिटिएनको आउटलेट

काठमाडाैंकाे नक्शालमा खुल्याे एक्स कस्मोपोलिटिएनको आउटलेट

काठमाडाैं, २४ माघ । काठमाडाैंकाे नक्सालमा एक्स कस्मोपोलिटिएनको बाउटलेट विस्तार भएकाे छ । नेपालमा रिर्भस एजिङको अनुभव दिने उद्धेश्य सहित बुधबार एक कार्यक्रमबीच एक्स कस्मोपोलिटिएनको उद्घाटन गरीएकाे हाे ।

दुबईका राजपरिवारका सदस्य महामहिम शेख जुमाविन मक्तौम अल मक्तौमको कार्यालयका कार्यकारी निर्देशक तथा सल्लाहाकार यकुब अल अली र नेपाल महिला उद्यमी महासंघकी अध्यक्ष शोभा ज्ञवालीले रिबन काटेर कम्पनीको उद्घाटन गरे ।

प्राकृतिक रूपमा नै मानिसको आयु १२० बर्ष भएता पनि मानिसको चेतनाको कमीले औसत आयु घट्दै गईरहेको हालको अवस्थालाई मध्यनजर गरेर एक्स कस्मोपोलिटिएनले समुन्द्र सतह देखि ३ हजार मिटर देखि ६५ सय मिटरको उचाईमा पाईने विभिन्न हिमालयन जडीबुटिको प्रयोग गरी मानिसलाई स्वयंम आत्मनिर्भर भई १२० भन्दा माथिको दिर्घ जिवन सम्भव छ भन्ने कुरा संसारभरी फैलाउनु कम्पनीकाे उद्धेश्य रहेको बताइएकाे छ ।

एक्स कस्मोपोलिटिएनमा पर्सनल वेलकेयर र सोभिनियर बुटिक गरी दुई प्रकारका सेवाहरू उपलब्ध गरिएको छ | वेलकेयर अर्न्तगत आजको एडभान्स प्रविधि र प्रकृतिलाई संयुक्त रूपमा परिचालन गरी मानिसहरूको मेटावोलिजम बढाउने, मानिसको आन्तरिक तथा बाह्य सुन्दरतालाई अनन्तता दिने कार्य गरिन्छ ।

सुभनियर बुटिक अर्न्तगत नेपालको समुन्द्री सतह देखि ६५०० मिटर सम्मको हिमाली उचाईमा पाईने विभिन्न हिमाली जडिबुटी, हिमाली चिया, भिर मह लगायत विभिन्न पहाडी ईलाकामा पाईने जडिबुटिबाट उत्पादन गरिएको विभिन्न प्राकृतिक अत्यावश्यक दैनिक रूपमा विशेष प्रयोग हुने साम्रागीहरू बिक्रीको लागी राखिने छ । विशेषतः नेपाली लगायत नेपालमा घुम्न आउने पर्यटकहरूलाई नै लक्षित गरेर शोभनियर बीटकको स्थापना गरिएको छ ।

कम्पनीले प्राकृतिक रूपमा उपलब्ध भएको वस्तुहरूलाई जस्ताको तेस्तै बजारमा ल्याउदै छ । यो संसारभरिका सम्पुर्ण मानिसहरूको लागी फलदायक छ । कम्पनीले उत्पादन गर्ने सामाग्रीहरुमा केमिकलको प्रयोग हुनेछैन । नेपाली मौलिक स्वादलाई प्राथमिकतामा राखी सबै उमेर समूहका मानिसहरुले प्रयोग गर्न उपयुक्त हुने सामाग्रीहरुको उत्पादन तथा बिक्री वितरण कम्पनीले गर्नेछ । विभिन्न जडिबूटीका साथसाथै नेपालमै उत्पादित पश्मिनालाई पनि अन्तराष्ट्रिय तथा रिटेल स्टोरहरुमा बिकी गर्ने कम्पनीको लक्ष्य छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x