Date

बिहि, कार्तिक १५, २०८१
Thu, October 31, 2024

झ्यामोलोङ्गमा हाइड्रोले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल

झ्यामोलोङ्गमा हाइड्रोले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल

काठमाडाैं, २५ माघ । झ्यामोलोङ्गमा हाइड्रोपावार डेभलपमेन्ट कम्पनीले आईपीओ निष्काशन गर्ने भएको छ। यसका लागि कम्पनीले शेयर निष्काशन गर्न लक्ष्मी सनराइज क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको छ ।

सम्झौतामा कम्पनीको तर्फवाट कार्यकारी संचालक सुनिल नारायण श्रेष्ठ तथा एल एस क्यापिटलको तर्फवाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठले हस्ताक्षर गरेका छन्

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानियवासी, नेपाल सरकारको सम्बन्धित नियकाबाट श्रम स्वीकृति लिई विदेशमा रोजगारी गरिरहेका नेपाल नागरिकहरु तथा सर्वसाधारण समेतका लागि  रु.१००÷— अकिंत दरको साधारण शेयर ५१,००,००० कित्ता शेयर निष्काशन गर्न लागेको हो । कम्पनीको जारी पूँजी रु.२ अर्ब ५५ करोड रहेको छ ।

झ्यामोलोङ्गमा हाइड्रोपावार डेभलपमेन्ट लिमिटेडले करुवा सेती हाइड्रोपावर आयोजना निर्माण कार्य करीब ८५ प्रतिशत सम्पन्न गरिसकेको छ । उक्त कम्पनीको आयोजना निर्माण कार्य सम्पन्न भए पश्चात यसै आर्थिक वर्ष भित्र विद्युत उत्पादन गरेर राष्ट्रिय प्रसारण लाइनमा जोडी विद्युत वितरण योजना समेत कम्पनीको रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x