आबुधाबीमा हुने विश्व व्यापार संगठनको मन्त्रीस्तरीय सम्मेलनमा के-के छन् नेपालका एजेण्डा ?
काठमाडाैं, २ फागुन । विश्व व्यापार संगठनकाे मन्त्रीस्तरीय सम्मेलन फेब्रुअरी २६ देखि २९ तारीकसम्म आबुधामीमा हुने भएको छ ।
उक्त सम्मेलनकाे तयारीमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय जुटेको छ। सम्मेलनमा नेपालले खाद्य सुरक्षाका मुद्दाहरूलाई प्राथमिकता दिएको छ । सम्मेलनमा नेपालले खाध्यान्न निर्यात प्रतिवन्ध गर्ने नीतिमा राेक लगाउनु पर्ने एजेण्डा उठाउने भएकाे हाे ।
यस्तै नेपालले कृषि व्यापार प्रवर्धनका लागि लचिलोपना अपनाउनुपर्ने, कृषि व्यापार सुधारका लागि सम्झौताहरूलाई महत्त्व दिनुपर्ने विषय समेत उठाउन लागेको छ ।