Date

सोम, मंसिर २९, २०८२
Mon, December 15, 2025

७ वित्त कम्पनीका सञ्चालक र सीईओ राष्ट्र बैंकको कारबाहीमा

७ वित्त कम्पनीका सञ्चालक र सीईओ राष्ट्र बैंकको कारबाहीमा

काठमाडौं, २ फागुन । नेपाल राष्ट्र बैंक, वित्तीय संस्था सुपरिवेक्षण विभागले ७ वटा वित्त कम्पनीका सञ्चालक, अध्यक्ष र कम्पनीका सीईओहरुलाई कारबाही गरेको छ । विभागले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा तोकिएको क्षेत्रमा कर्जा प्रवाह नगर्ने, अनिवार्य नगद मौज्दात नराख्ने, कर्जा निक्षेप अनुपात (सीडी रेसियो) कायम नगर्ने लगायत बैंक ऐन, २०५८ अनुसार नचल्ने कम्पनीहरूलाई केन्द्रीय बैंकले कारबाही गरेको हो ।

राष्ट्र बैँकको कारबाहीमा मुक्तिनाथ विकास बैंक, सप्तकोसी डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक, प्रोग्रेसिभ फाइनान्स, गुडविल फाइनान्स र गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लि. परेका छन् । यी वित्त कम्पनीहरूले राष्ट्र बैंकबाट जारी भएको वा तोकिएको मापदण्ड निर्देशन बमोजिम वित्तीय कारोबार नगरेकोमा बैंकले सञ्चालक समिति, अध्यक्ष र सीईओलाई पहिलोपटक सचेत गराएको छ ।

राष्ट्र बैंकले अर्को पटक फेरि यस्तो गल्ती भेटिए नगदसहित ऐन बमोजिम कारबाही हुने समेत जानकारी गराएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *