१४ दशमलव ४६ अंकले घट्यो नेप्से परिसूचक
काठमाडौं, ३ फागुन । साताको अन्तिम कारोबार दिन (बिहीबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेको छ । बुधबार सामान्य अंकले बढेको नेप्से बिहीबार १४ दशमलव ४६ अंकले घटेर २ हजार हजार ६२ दशमलव शून्य ३ बिन्दुमा बन्द भएको हो ।
आज १ करोड १४ लाख ७ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ८६ करोड ९१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज कारोबार भएको बजारमा कुल ७९ कम्पनीको शेयर मूल्य बढेको छ भने १६७ कम्पनीको घटेको छ । बाँकी रहेका ७ को स्थिर छ ।
आज २ वटा कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ भने सर्वाधिक कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ ।