सुनकाे मूल्य ताेलामा ४०० रूपैयाँले बढ्दा चाँदी घट्याे

काठमाडाैं, ७ फागुन । साेमबार नेपाली बजारमा सुनकाे मूल्य बढेकाे छ । आइतबार प्रतितोला ५०० रुपैयाँले बढेको सुनको मूल्य साेमबार पुनः ४०० रूपैयाँले बढेकाे हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकाे मूल्य ताेलाकाे १ लाख १८ हजार रूपैयाँ र तेजावी सुनकाे मूल्य ताेलाकाे १ लाख १७ हजार ४५० रूपैयाँ कायम भएकाे छ ।
हिजाे छापावाल सुन प्रतिताेला १ लाख १७ हजार ६०० र तेजावी सुन १ लाख १७ हजार ५० रूपैयाँमा काराेबार भएकाे थियाे ।
यता चाँदी भने आज ताेलामा २० रूपैयाँले घटेर १ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।