Date

आइत, पुस २८, २०८१
Sun, January 12, 2025

द कोका–कोला फाउन्डेसनद्वारा कालिटार सस्टेनेबल प्रोजेक्टको हस्तान्तरण

द कोका–कोला फाउन्डेसनद्वारा कालिटार सस्टेनेबल प्रोजेक्टको हस्तान्तरण

काठमाडाैं, ७ फागुन । द कोका–कोला फाउन्डेसनले वाटरएड नेपाल, गोदावरी नगरपालिका र सिआइयुडीसँगको सहकार्यमा गोदावरी नगरपालिका वडा नम्बर ६ मा अवस्थिते कालिटार सस्टेनेबल वाश प्रोजेक्ट सफलतापूर्वक हस्तान्तरण गरेकोे छ ।नगरपालिका अध्यक्ष  विष्णुमान महर्जन उक्त प्रोजेक्ट हस्तान्तरण गरेका हुन् ।

यस परियोजनाले समुदायमा सुरक्षित, पर्याप्त र सुलभ खानेपानी पु¥याउने र मानिसहरूको सरसफाइ व्यवहारमा पनि सुधार गर्ने लक्ष्य राखेको छ ।

उक्त परियोजना मुख्य रूपमा तीनवटा प्रमुख उद्देश्यहरूमा केन्द्रित छ । पहिलो, यस क्षेत्रमा २ वटा इन्टेक जडान गर्ने, २ वटा रिजरभ्वोएर ट्यांकीको अपग्रेड गर्ने, २७६६ मिटर प्रसारण लाइन बिछ्याउने, १४८ घरधुरी र तीनवटा मन्दिरमा पानीको मिटर जोड्न ३७०२ मिटर पाइप जडान गर्दै यहाँको खानेपानी प्रणालीको बृहत् पुनःस्थापना गर्ने बताइएकाे छ । समुदायको सरसफाइ अभ्यासहरूमा परिवर्तन ल्याउने यस परियोजनाको उद्धेश्य रहेकाे बताइएकाे छ।

द कोका–कोला फाउन्डेसनले यस समुदायको लागि सुरक्षित पानीको पहुँचमा सुधार ल्याउनका लागि पूर्वाधारको पुनःनिर्माणमा सहयोग गरिरहेको छ । साथमा अर्को चरण स्वीकृति पाएर कोका–कोलाले यस क्षेत्रमा परियोजनालाई थप विस्तार गर्ने भएको छ ।

द कोका–कोला फाउन्डेसनका अध्यक्ष सादिया माड्सब्जर्गले परियोजनाले हाम्रो दिगो समुदायहरू सिर्जना गर्ने प्रतिबद्धतालाई निरन्तरता दिएको बताए ।

उनले भने, ‘खानेपानीको पूर्वाधार विकास, सरसफाइ र सकारात्मक व्यवहार परिवर्तनलाई प्रवर्धन गरी हामीले समुदायको भलाइमा दिगो र अर्थपूर्ण प्रभाव पार्ने लक्ष्य राखेका छौँ । स्वच्छ पानी सामुदायिक स्वास्थ्यको लागि आधारभूत आवश्यकता हो र यसका लागि सकारात्मक परिवर्तन ल्याउने पहलहरू गर्न पाउँदा हामी गर्वको अनुभूति राख्दर्छौं ।’

उक्त हस्तान्तरण कार्यक्रममा गोदावरी नगरपालिकाको वडा नम्बर ६ का अध्यक्ष विष्णुमान महर्जनले  परियोजनाको सफलता र यसले बासिन्दाहरूमा सकारात्मक प्रभाव पारेकोमा खुशी व्यक्त गरे । यस्तै उनले भविष्यमा पनि कोका–कोला फाउन्डेसनबाट समुदायको लागि यस्तै सहयोगको अपेक्षा गरेकाे बताए ।

यस्तै कार्यक्रमका प्रमुख अतिथि तथा पूर्व अर्थमन्त्री उदय शमशेर राणाले स्वच्छ पानी पिउन पाउनु नागरिकको मौलिक अधिकार भन्दै यस्ता पहलहरूले नै समुदायको कल्याणमा महत्वपूर्ण योगदान पु¥याउने बताए ।

द कोका–कोला फाउन्डेसनले विश्वभरका समुदायहरूमा सकरात्मक परिवर्तन ल्याउने उद्देश्यका साथ स्वच्छ पानीमा दिगो पहुँच, क्लाइमेट रेजिलियन्सको निर्माण, सर्कुलर इकोनोमीको प्रवर्धन, आर्थिक सशक्तिकरण र प्राकृतिक प्रकोपहरूमा राहत प्रदान जस्ता पहलहरु गर्दै आएको छ ।

जलस्रोतमा समुदायको पहुँच, प्रवर्धन, संरक्षण तथा बहु–उपयोगिका सुनिश्चित गन द कोका–कोला फाउन्डेसनको उद्देश्यहरूमा समर्थन जनाउँदै डब्लु डब्लु एफले पनि नेपाल सरकारसँग सहकार्य गरी वेटल्यान्ड निर्माण, खानेपानी पुनःपूर्तिमा सहयोग तथा स्थानीय समुदायको क्षमता अभिवृद्धिको उद्देश्य राखी दृढ रुपमा अगाडि बढ्दै गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x