एमजीका ३० किलोवाट डिसि चार्जिब स्टेशनहरूमा मर्मतसम्भार तथा सफ्टवेयर अपग्रेड हुने
काठमाडौं, ७ फागुन । पारामाउन्ट मोटर्स प्रालिले एमजीका ३० किलोवाट डिसि चार्जिब स्टेशनहरूमा मर्मतसम्भार तथा सफ्टवेयर अपग्रेड गर्ने भएको छ ।
यसका लागि पारामाउन्ट मोटर्सले नेपालभर रहेका एमजीका ३० किलोवाटका चार्जिब स्टेसनहरूमा फागुन ७ गतेदेखि मर्मत र सफ्टवेयर अपग्रेडका लागि आफ्नो सेवा अवरूद्ध रहने जानकारी गराएको छ ।
मर्मत, अपग्रेड र नयाँ सफ्टवेयर स्थापना गर्ने प्रक्रिया पूरा हुन १५ दिन लाग्ने र यस समयमा सबै ३० किलोवाट डिसि चार्जिब स्टेशनहरू अस्थायी रूपमा उपलब्ध हुने छैनन्।
पारामाउन्ट मोटर्सले यो १५ दिनको अवधिमा वैकल्पिक चार्जिङ्ग स्टेशनको प्रयोग गर्न अनुरोध गर्नुका साथै यसबाट ग्राहकवर्गमा पर्न जाने असहजता एवम्असुविधाका लागि क्षमा व्यक्त गरेको छ । यो अन्तराल आगामी दिनमा सहज सेवाहरू प्रदान गर्नका लागि आवश्यक भएको र यसले ग्राहकहरूको एमजीसँगको अनुभवलाई अझ राम्रो बनाउने कम्पनीले दाबी गरेको छ ।