Date

आइत, पुस २८, २०८१
Sun, January 12, 2025

कृषि विकास बैंकको साधारण सभा फागुन ३० गते

कृषि विकास बैंकको साधारण सभा फागुन ३० गते

काठमाडौं, ८ फागुन । कृषि विकास बैंकको वार्षिक साधारणसभा फागुन ३० गते बस्ने भएको छ । सभा केन्द्रीय तालिम प्रतिष्ठान बोडे, भक्तपुरमा बिहान ११ बजेदेखि सुरु हुनेछ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतमा पनि छलफल गर्ने, इक्विटीमा भएको परिवर्तन, नगद प्रवाहलगायतका वित्तीय विवरण छलफल गरी पारित गर्ने, बैंकको सहायक कम्पनीहरु कोष व्यवस्थापन कम्पनी तथा गोबर ग्यास कम्पनीको गत आवको वित्तीय विवरणसहितको एकीकृत वित्तीय विवरण स्वीकृत गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

सभा प्रयोजनार्थ बैंकले फागुन १७ गते शनिबारदेखि फागुन ३० गतेसम्म बुक क्लोज गर्ने भएको छ। त्यसैले फागुन १५ गतेसम्म कायम शेयरधनीले सभामा सहभागिता जनाउन सक्नेछन्।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x