Date

आइत, साउन ६, २०८१
Sun, July 21, 2024

प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्दै अम्बे स्टील्स लिमिटेड

प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्दै अम्बे स्टील्स लिमिटेड

काठमाडौं, ८ फागुन । अम्बे स्टील्स लिमिटेडले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने भएको छ। उक्त आईपीओको प्रस्ताव पारित गर्न कम्पनीले फागुन २३ गते साधारण सभा बोलाएको हो ।

उक्त सभामा प्रिमियम मूल्यमा सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने र सो कार्यको लागि सम्पूर्ण अधिकार सञ्चाल समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पारित हुनेछ ।

त्यस्तै, सभाले आईपीओ निष्कासनका लागि बिक्री प्रबन्धक तथा अन्डरराइटर नियुक्त गर्ने प्रस्ताव र आईपीबाट प्राप्त रकमको उपयोगको प्रस्ताव समेत पारित गर्नेछ भने कम्पनीको अधिकृत,जारी र चुक्तापूँजी जारी गर्ने र गत आविको विभिन्न वित्तीय प्रतिवेदनहरु पारित समेत गर्नेछ ।

यो अम्बे ग्रुप अन्तर्गतको कम्पनी हो । कम्पनीले टिएमटी छड, जिआई तार, ग्याबियन बक्स लगायतका निर्माण सामग्री उत्पादन गर्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x