सेयरधनीलाई ३५ दिनभित्र लाभांश दाबी गर्न सिटिजन्स बैंकको आग्रह
काठमाडौं, ९ फागुन । सिटिजन्स बैंकले आफ्ना सेयरधनीलाई आर्थिक वर्ष ७४ -७५ को नगद लाभांश लिदका लागि सूचना सार्वजनिक गरेको छ ।
लगानीकर्ता संरक्षण कोष व्यवस्थापन तथा संचालन कार्यविधि २०७३ अनुसार ५ वर्षसम्म पनि सेयरधनीले नलगेको लाभांश उक्त कोषमा जम्मा गर्नुपर्ने व्यवस्था रहेको हुँदा आजदेखि ३५ दिनभित्र उक्त लाभांशको लागि दाबी गर्न बैंकले सेयरधनीलाई आग्रह गरेको छ ।
लगानीकर्ताले सिटिजन क्यापिटलमा आवेदन दिएर भौतिक सेयर प्रमाणपत्र तथा नगद लाभांश पूर्जा संकलन गर्न सक्ने सुचनामा उल्लेख छ ।लाभांश लिन जाँदा सेयरधनीले आफ्नो परिचयपत्र पनि साथमा बोक्नुपर्नेछ ।
चैत ५ गतेसम्ममा पनि लाभांश नलगेमा लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने बैंकले जनाएको छ ।
त्यसपछि लगानीकर्ताले प्रमाण सहित लगानीकर्ता संरक्षण कोषमा गएर लाभांश दाबी गर्नुपर्ने बैंकले जारि गरेको सुचनामा उल्लेख छ ।