एकिकृत कारोबार गर्दै सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्त
काठामडौं, १४ फागुन। सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन २४ गतेदेखि एकिकृत कारोबार सुरू गर्ने भएका छन् । मर्जर सम्बन्धि प्रस्ताव दुबै कम्पनीहरूको असोज ३० गते सम्पन्न बसेको विशेष साधारण सभाबाट पारित भएको हो ।
नेपाल राष्ट्र बैंकले माघ २४ गते र नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, कम्पनी रजिष्ट्रारको कार्यालयबाट फागुन ८ गते मर्जरका लागि स्वीकृति प्राप्त भएसँगै यी दुई कम्पनीले एकिकृत कारोबार सुरू गर्न लागेका हुन । नेपाल धितोपत्र बोर्डबाट भने फागुन ९ गते अन्तिम स्वीकृति प्राप्त भएको जानकारी कम्पनीहरूले दिएका छन् । मर्जर पश्चात् बन्ने कम्पनीको केन्द्रिय कार्यालय बनेपा, काभ्रेपलाञ्चोकमा कायम रहनेछ ।
एकिकृत कारोबार गर्दा दुबै कम्पनीको तथ्याङ्क एउटै सफ्टवेयरबाट वित्तीइ कारोबार गर्नुपर्ने व्यवस्था मिलाउनुपर्ने भएकाले फागुन २३ गते एक दिन दुबै कम्पनीको सम्पूर्ण कारोबार बन्द रहने जानकारी समेत कम्पनीहरुले दिएका छन् ।