आईपीओ निष्कासन गर्दै क्रेस्ट माइक्रो लाइफ
काठमाडौं, १४ फागुन । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।
कम्पनीले उक्त प्रस्ताब पारित गर्नका लागि चैत ५ गते साधारणसभा बोलाएको छ ।
यसका साथै सभामा आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने, स्वतन्त्र सञ्चालक नियुक्त गर्ने प्रस्ताव रहेको छ ।