Date

सोम, चैत्र २४, २०८१
Mon, April 7, 2025

माघ महिनामा जीवन बीमा कम्पनीले गरे २ अर्ब २९ करोडभन्दा बढी बीमा शुल्क आर्जन

माघ महिनामा जीवन बीमा कम्पनीले गरे २ अर्ब २९ करोडभन्दा बढी बीमा शुल्क आर्जन

काठमाडौं, १४ फागुन । चालु आर्थिक बर्ष २०८०/८१ को माघ महिनामा मात्रै जीवन बीमा कम्पनीहरुले २ अर्ब २९ करोडभन्दा बढी प्रथम बीमा शुल्क आर्जन गरेका छन् ।

नेपाल बीमा प्राधिकारणले सार्वजनिक गरेको माघ मसान्तसम्मको तथ्यांक  अनुसार हाल सञ्चालनमा रहेका बीमा कम्पनीहरुले एक महिनामा मात्रै २ अर्ब २९ करोड ३२ लाख रुपैयाँ भन्दा बढी प्रथम बीमा शुल्क आर्जन गरेका हुन् ।

माघ महिनामा सबैभन्दा धरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमा शुल्क संकलन गरेको छ। यस अवधिमा कम्पनीले ५२ करोड ७६ लाख ५६ हजार रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको हो ।

नेशनल लाइफले ३६ करोड ५७ लाख ८८ हजार रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ। सूर्यज्योति लाइफले १८ करोड ६९ लाख ३८ हजार रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ। सिटिजन लाइफले १५ करोड ९० लाख १० हजार रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ।

त्यसैगरी, आइएमई लाइफले ९ करोड ४९ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ। प्रभु महालक्ष्मी लाइफले ५ करोड २२ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ भने राष्ट्रिय जीवन बीमा कम्पनीले ३ करोड ३५ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x