गम्भीरताका साथ सोचौं,नकारात्मकताको पछि नलागौंः दिपक निधि तिवारी, सिईओ छिमेक लघुवित्त
काठमाडौं, १४ फागुन । बैंकिङ क्षेत्र आज भयावह स्थितिबाट गुज्रिरहेको छ । हाम्रो जस्तो मुलुकका लागि बैंक तथा वित्तीय संस्थाको अतुलनीय योगदान छ । तसर्थ यस्ता सस्थाहरुको कार्यलाई नजरअन्दाज गर्न मिल्दैन हरेक क्षेत्रलाई बैंक तथा वित्तीय सस्थाको साथ नहुँदा अर्थतन्त्र धरापम पर्ने देखिन्छ नीति नियम कानुन तथा राम्रो आचरण देखाएर काम गरिरहेका यस्ता सस्थाहरुले यस्तो अपमान सहनु कदापि राम्रो हैन जसबाट हाम्रो अन्तराष्ट्रिय स्थरमा समेत साख कमजोर हुनेछ ।
अहिले जसरी बजारमा लघुवित्त संस्थाहरुप्रति नकारात्मक हल्ला फैलिएको छ , यसलाई सरकारले र नियामक निकायले शीघ्र समाधान गर्न जरुरी छ मानिसहरूमा देखिएको नैरास्यतालाई हटाउनुपर्ने छ । लघुवित्त सस्थाहरुले गरेका कमजोरीहरूलाई ती संस्थाहरू आफैले मनन गरी ग्राहकका समस्यालाई सम्मानपूर्वक समाधान गर्नुपर्ने तथा भ्रमामा भएका ग्राहकहरुको भ्रम चिर्नुपर्ने देखिन्छ र साच्चैनै समस्यामा परेका ग्राहकहरुलाई के कसरी सहयोग गर्ने उनीहरूलाई काममा वा व्यवसायमा कसरी फर्काउने भन्ने योजनाका साथ सबै लाग्नुपर्ने देखिन्छ ।
कतिपय ग्राहकहरु लाई केहि ब्याजमा शुहुलियत केहीलाई कर्जाको पुनार्तालिकिकरण वा कतिलाई अहिले पाइरहेको कर्जा अपुग छ भने कर्जा थप गरी सहजीकरण गर्ने गरी नियामक निकायबाट र तत संस्थाहरुबाट यथाशीघ्र सम्बोधन गर्नुपर्ने देखिन्छ । जसरी अहिले भएका नकारात्मक कार्यहरू छन् यसलाई राजनीतिकरण गर्न बन्द गर्नुपर्ने देखिन्छ । अराजकतालाई सरकारले नियंत्रण गर्नुपर्नेछ कर्जा लिने मात्र हैन निक्षेपकर्ता पनि जनता नै हुन हुनीहरुको सुरक्षा पनि गर्नुपर्ने दायित्वलाई समेत आत्मसाथ गर्दै समाधानमा लाग्नुपर्ने देखिन्छ ।
त्यसैगरी, जसरी लघुवित्त संस्थाहरुको अस्वस्थ्य प्रतिस्पर्धा छ यसलाई न्यूनीकरण गर्नुपर्ने छ । एउटै व्यक्तिले धेरैवटा संस्थाबाट कर्ज़ा लिने परिपाटीलाई बन्द गरी बढीमा दुई वटा संस्थाबाट मात्र लिन पाउने व्यबस्था गर्नुपर्नेछ । साथै अहिले भएको कर्जाको सीमालाई बढाउनुपर्ने यो समयमा सात लाख कर्जा अलि अपुग नै भएर कति ग्राहकहरु धेरै संस्थामा बस्नुपर्ने बाध्यतामा छन् ।
त्यसैले यसलाई सम्बोधन गर्नुपर्ने छ । अहिले हामीले नै महँगो ब्याजमा कर्जा लिएर ग्राहकलाई दिनुपर्दा उनीहरु पनि मारमा परेका छन् तसर्थ सरकारले एउटा कोष बनाई त्यसबाट लघुवित्त कम्पनीले सहुलियतमा कर्जा लीई त्यसलाई जनतामाझ पुर्याउन सके भविस्यमा यस्ता समस्या आउँदैनन् र लघुवित्त संस्थाहरुले पनि कर्जा दिनु अगावै सीपहरु सिकाएर उनीहरूले जे कार्य गर्न खोज्दैछन् त्यसमा जानकार गराएर मात्र कर्जा दिने हो भने हाम्रो मुलुकमा लघुवित्तको स्थान महत्वपूर्ण छ यसबाट लाखौ जनताले फाइदा लिन सक्नेछन् ।
लघुवित्तले सूचनाको पहुंच नपुगेका स्थानमा वित्तीय साक्षरता बचतको बानी उद्यमशीलताको विकास ग्रामीण क्षेत्रका जनतामा राम्रो परिवर्तन ल्याएको छ असाहाय गरीब निमुखा एकल महिला वा पुरुषहरूको जीवन नै परिवर्तन गरेका राम्रा उदाहरण तथा लघुवित्त संस्थाहरुले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत गरेका उत्कृष्ट कार्यहरुलाई समेत नजरअन्दाज नगरौं । हरेक क्षेत्रका व्यक्तिहरूले गम्भीरतापूर्वक सोचौं र नकारात्मकताको प्रसय नगरौं ।
(तिवारी छिमेक लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत हुन्)