१३ दशमलव २८ अंकले बढ्यो सेयर बजार, २ अर्बको कारोबार
काठमाडौं, १४ फागुन । साताको दोस्रो कारोबार दिन (सोमबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेको छ । केही दिनदेखि निरन्तर ओरालो यात्रामा रहेको बजार सोमबार १३ दशमलव २८ अंकले बढेर १ हजार ९९२ दशमलव ३० बिन्दुमा बन्द भएको हो ।
आज ५९ लाख ८८ हजार ७१७ कित्ता सेयर किनबेच हुँदा २ अर्ब १ करोड ७७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज कारोबारमा आएका कम्पनीहरुमध्ये १६७ कम्पनीको सेयर मूल्य बढेको छ भने ७५ कम्पनीको घटेको छ । बाँकी रहेका ६ को स्थिर छ ।
आज बोटल नेपाल (बालाजुं) लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढेको छ भने सर्वाधिक कारोबार सोनापुर मिनिरर्स (सोना) को भएको छ ।