Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

दुधको खपत घट्याे, डेरी उद्योगहरुमा करिब ५ अर्बको दुध र दुग्धजन्य पदार्थ मौज्दात !

दुधको खपत घट्याे, डेरी उद्योगहरुमा करिब ५ अर्बको दुध र दुग्धजन्य पदार्थ मौज्दात !

काठमाडौं, १५ फागुन । देशभर करिब ६ लाख दुग्ध किसान छन् । त्यसमध्ये करिब ५ लाख साना किसान छन् । उनीहरुले प्रतिलिटर ६५ रुपैयाँमा दुध बिक्री गर्छन् । तर यसरी दूध बिक्री गर्ने ६५ जिल्लाका किसानले विगत ७ महिनादेखि दुध बिक्री गरेको रकम पाउन सकेका छैनन् ।

सरकारी स्वामित्वको दूग्ध विकास संस्था (डिडिसी) र निजी क्षेत्रका डेरीले कुल ६ अर्ब ५० करोड रुपैयाँ भुक्तानी दिन बाँकी छ । त्यसमा सबैभन्दा धेरै करिब २ अर्ब रुपैयाँ डीडीसीले नै दिएको छैन । अन्य ८० भन्दा बढी डेरी उद्योगहरुले भुक्तानी दिएका छैनन् । दूधको पकेट क्षेत्र मानिने चितवन, काभ्रे, मकवानपुर तथा पूर्वी नवलपरासीका किसानाको बक्यौता धेरै छ । पूर्वी नवलपरासीका किसानको ६० करोड, चितवनको ५५ करोड, काभ्रेका किसानको ५० करोड, मकवानपुरका किसानको ४० करोड, इलामका किसानको २५ करोड रुपैयाँ भुक्तानी दिन बाँकी छ ।

बजारमा दुध र दुधजन्य पदार्थको बिक्री पनि भइरहेको छ । तर किसानले किन यति लामो समयदेखि पैसा पाइरहेका छैनन् भन्ने आश्चर्यको विषय छ । लम्बिँदै गएको आर्थिक मन्दीका कारण उपभोक्ताको क्रयशक्ति कमजोर भएकाले दुध तथा दुग्ध पदार्थको खपतमा कमी आउँदा भुक्तानीमा समस्या भएको नेपाल डेरि एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले बदेशभर करिब ६ लाख दुग्ध किसान छन् । त्यसमध्ये करिब ५ लाख साना किसान छन् । उनीहरुले प्रतिलिटर ६५ रुपैयाँमा दुध बिक्री गर्छन् । तर यसरी दूध बिक्री गर्ने ६५ जिल्लाका किसानले विगत ७ महिनादेखि दुध बिक्री गरेको रकम पाउन सकेका छैनन् ।

 

सरकारी स्वामित्वको दूग्ध विकास संस्था ९डिडिसी० र निजी क्षेत्रका डेरीले कुल ६ अर्ब ५० करोड रुपैयाँ भुक्तानी दिन बाँकी छ । त्यसमा सबैभन्दा धेरै करिब २ अर्ब रुपैयाँ डीडीसीले नै दिएको छैन । अन्य ८० भन्दा बढी डेरी उद्योगहरुले भुक्तानी दिएका छैनन् । दूधको पकेट क्षेत्र मानिने चितवन, काभ्रे, मकवानपुर तथा पूर्वी नवलपरासीका किसानाको बक्यौता धेरै छ । पूर्वी नवलपरासीका किसानको ६० करोड, चितवनको ५५ करोड, काभ्रेका किसानको ५० करोड, मकवानपुरका किसानको ४० करोड, इलामका किसानको २५ करोड रुपैयाँ भुक्तानी दिन बाँकी छ । बजारमा दुध र दुधजन्य पदार्थको बिक्री पनि भइरहेको छ । तर किसानले किन यति लामो समयदेखि पैसा पाइरहेका छैनन् भन्ने आश्चर्यको विषय छ ।

 

लम्बिँदै गएको आर्थिक मन्दीका कारण उपभोक्ताको क्रयशक्ति कमजोर भएकाले दुध तथा दुग्ध पदार्थको खपतमा कमी आउँदा भुक्तानीमा समस्या भएको उद्योगीहरुको गुनासो छ। यतिमात्र होइन खपत कम हुँदा डेरी उद्योगहरुमा करिब ५ अर्बको दुध र दुग्धजन्य पदार्थ मौज्दात रहेको दाबी छ । मौज्दात बस्तु बिक्री नगरी रकम दिन सक्ने अवस्था नरहेको उनले बताए । त्यसमा पनि एक अर्ब १५ करोड रुपैयाँ बराबरको दुग्ध पदार्थ डिडिसीको मात्र मौज्दात छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x